कम्युनिष्ट सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता शाह

by समतल अनलाइन

नेकपाका स्थानीय नेता कार्यकर्ता काँग्रेसमा प्रवेस
बुटवल। नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले दुइ तिहाइको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको बताउनु भएको छ ।
सत्तामा आएदेखि नै भ्रष्टाचारमा लिप्त रहेको ओली सरकारले महामारीका बेला समेत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाइ संरक्षण गरेको बताउनु भयो । भ्रष्टाचारी संरक्षण गर्ने सरकारबाट जनतको हित हुन नसक्ने भन्दै नेता शाहले जनहितका मुद्यामा काँग्रेस सडकमा उत्रन तयार रहेको बताउनु भयो ।

नेपाली काँग्रेसको पार्टी कार्यालय भैरहवामा आज नेकपाका स्थानीय नेता तथा अगुवा कार्यकर्तालाइ नेपाली काँग्रेसमा प्रवेस गराउदै उहाँले दुइ तिहाइको सरकारले जनताको अभिभावकत्व बहन गर्न नसकेकाले काँग्रेस सदन देखि सडक सम्म उत्रने बताउनु भयो । कम्युष्टि सरकारबाटै लोकतन्त्रमाथि खतरा रहेको औल्याउदै उहाँले लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेबारी काँग्रेसकै काँधमा आएको बताउनु भयो ।
कम्युष्टिहरु संग जनता आजित भएको भन्दै नेता शाहले अबको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दावी गर्नु भयो । ओली सरकारले कुलमान घिसिङ जस्ता कर्मठलाइ काम गर्न नदिएको, अदालत जस्तो न्याय क्षेत्रमा राजनीतिक भागबण्डा गरेको जनताका मौलिक हक कानुन बनाएरै खोस्न खोजेको भन्दै नेता शाहले अधिनायकबादका बिरुद्ध जनता जागरुक हुनु पर्नेमा जोड दिनुभयो ।
नेकपाका स्थानीय नेता कार्यकर्ता काँग्रेसमा प्रवेस
रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाँउपालिकाका नेकपाका स्थानीय नेता तथा अगुवा कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेकपा परित्याग गरी आज १० जना नेकपाका अगुवा कायर्यकर्ता नेपाली काँग्रेसमा प्रवेस गरेका हुन ।
बिहिबार काँग्रेसको पार्टी कार्यालय भैरहवामा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापती भरत कुमार शाह,काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले उनीहरुलाइ पार्टी प्रवेश गराउनु भएको हो ।
सैनामैना नगरपालिका ५ को नेकपाका वडा उपाध्यक्ष गणेश ज्ञवाली,विप्लव निकट नेकपाका पुर्व दलित मुक्तिमोर्चाका जिल्ला कोषाध्यक्ष तथा हालका सैनामेना नगर सदस्य ज्ञानबहादुर विश्वकर्मा,नगर कमिटि सदस्य चिरञ्जीवी गौतम,इन्द्रमणी पौडेल,ध्रुबराज ज्ञवाली,बलबहादुर बिक,बिष्णु ज्ञवाली,खुमप्रसाद पन्थी,दामोदर गौतम,कमल पौडेल नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले नेपाली काँग्रेसलाइ मतदान गर्न जनता आतुर रहेको बताउदै पार्टी बलियो र एककृत बन्ने बताउनु भयो ।
नवप्रवेशी गणेश ज्ञवालीले जनताले दुइ तिहाइ बहुमत दिएको कम्युनिष्ट सरकारले जन हितमा काम गर्नुको साटो भ्रष्टाचारमा डुब्दै गएको र अधिनायकबादी बन्दै गएकाले नेकपा परित्याग गरी लोकतन्त्रिक पद्यतीकालागि नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको संचालन र उपसभापती फणिन्द्र शर्माको स्वागतमा भएको कार्यक्रममा क्षेत्र नं. ५ का क्षेत्रीय सभापती वसिउल्लाह मुसलमान,युवा नेता बिष्णु पोख्रेल,तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ,तरुणका सैनामैना नगर कोषाध्यक्ष खेमराज पोख्रेल लगायतले बोल्दै काँग्रेसलाइ बलियो बनाउदै जनताको हितमा काम गर्न एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

 
 
  
 

You may also like