“मृतक जगदीश सहनीलाई गरुडा न.पा.द्वरा नगद र खाद्यान सामाग्री सहयोग

by समतल अनलाइन

प्रमोद सहनी
रौतहट । गरुडा नगरपालिका वडा न.२ मा गत १९ गतेका दिन मानसिक स्थिती गुमाएका ५५ वर्षिय जगदिश सहनी नदीमा डुबेर अकालमै ज्यान गुमाएका थिए।

अति बिपन्न परिवार भएको हुदा आज गरुडा न.पा.का नगर प्रमुख इन्नु राय यादव र गरुडा न.पा.२ का वडा अध्यक्ष बिशुनदेव सहनीको संयुक्त प्रयासमा राहत स्वरुप १२५ के.जी.चामल,दाल १० के.जी.,खाने तेल ५ लि.,नुन ५ के.जी. र नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन।

जहाँ गाउका कृष्ण नन्दन सहनी राम बिनय साह र अनुठा सहनी लगायतका समाजसेवी तथा बुद्धीजिवीहरुको उपस्थिती थियो।

 
 
  
 

You may also like