बुटवलमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको सोमबार राति साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

सोमबारै बिहान कपिलवस्तुको शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो

 
 
  
 

You may also like