रुपन्देही युवा समुह बुटवलद्वारा रक्तदान

by समतल अनलाइन

बुटवल । रुपन्देही युवा समूह बुटवल नगर समितिले आईतबार रक्तदान गरेको छ । कोरोनाको विषम् परिस्थितीमा रगतको अभाव नहोस् भन्ने उद्धेश्यले रक्तदान गरेको बुटवल नगर अध्यक्ष बिमल पौडेलले जानकारी दिए ।सो अवसरमा समूहका संस्थापक अध्यक्ष आनन्द गुप्ताले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना आउन सक्ने बताएका छन् । उनले यस्तो अवस्थामा पनि रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् ।

अवसरमा रुपन्देही यूवा समूहका जिल्ला अध्यक्ष विशाल गुप्ताले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए।

कार्यक्रममा फूलवारी गाईज क्लबका अध्यक्ष शिव राना, उपाध्यक्ष सरोज दर्लामी, तरुण दलका जिल्ला सदस्य सुनिल शाही, रुपन्देही यूवा समूहका जिल्ला अध्यक्ष विशाल गुप्ता, कोषाध्यक्ष अभिषेक जैसबाल, तिलोत्तमा नगर अध्यक्ष तिलक ढकाल, तिलोत्तमा सहसचिव सायद पाठक, बुटवल नगर कोषाध्यक्ष आसना परियार, बुटवल नगर सदस्य विक्रम घिमिरे, पूजा कुमाल, रोशन थापा लगाएतको उपस्थिति रहेको थियो ।बुटवल नगर अध्यक्ष बिमल पौडेलको अध्यक्षता र जिल्ला महासचिव कृष्णप्रसाद खरेलको सञ्चालनमा भएको कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ ।

 
 
  
 

You may also like