रुपन्देहीमा लकडाउन खुकुलो , सार्वजनिक यातायात बन्द र बजार खुल्ने

by समतल अनलाइन

बुटवल ।असोज ४ गतेसम्म रुपन्देहीको लागि लकडाउन थप गरिएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबारराती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ ।

यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ ।होटलहरुमा टेक अबे बाहेकका सेवा बन्द रहने जनाइएको छ । सभा गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहनेछन् ।

अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर हुने जोर बार र बिजोर नम्बर हुने निजी गाडी बिजोर बार चलाउन अनुमति दिएको हो ।



 
 
  
 

You may also like