रुपन्देहीमा थप १४ जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल ।रुपन्देहीमा थप १४ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएकाछन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना तथा देवदह नगरपालिका, मायादेबी गाँउपालिका, ओमसतिया गाँउपालिका र कञ्चन गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रादेशिक अस्पताल सहित केहि निजी अस्पतालले संक्रमितको बिवरण समयमा नपठाउने गरेकाले एकमुष्ठ आएका रिपोर्ट सार्वजानिक गर्दा शनिबार ठूलो संख्या देखिएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोना फोकलपर्शन केदारनाथ साहले जानकारी दिए ।

रुपन्देहीमा आज थपिएसंगै संक्रमितको कुल संख्या १६४४ पुगेको छ । जिल्लामा १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।

 
 
  
 

You may also like