पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ३२२ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ४ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मोरङकी ४० बर्षिय महिला रहेकीछन् । त्यस्तै मृत्यु हुने पुरुषमा महोत्तरीका ६५ बर्षिय, धनुषाका ४५ बर्षिय, काठमाडौँका ७० बर्षिय र नवलपरासीक ५५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।

 
 
  
 

You may also like