शिक्षक कर्मचारीको कोरोना बिमा गर्ने लहर : बुद्ध इङलिस स्कुलले गर्यो शिक्षक कर्मचारीको कोरोना बिमा

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना ।रुपन्देहीको सैनामैना ७ देउवपारमा अवस्थित बुद्ध इङलिस स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीको कोरोना बिमा गरेको छ ।विश्ववभर महामारीको रुपामा फैलीएको कोरोना भाईरस अर्थात ( कोभिड -१९ ) ले निम्त्याएको बिषम परिस्थितिलाई मध्यनजर गर्दै देशभर कर्मचारीको कोरोना बिमा गर्दै गर्दा बुद्ध इङलिस स्कुलले पनि आफ्ना शिक्षक तथा कर्मचारीहरुको बिमा गरेको हो ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको स्वास्थ्यको उच्च मुल्यांकन गर्दै शिक्षक तथा कर्मचारीको मनोवल बढाउन साथै हौसला प्रदान गर्न रु. एक लाख (१००,०००)/– बराबरको बिमा गरिएको विद्यालयका प्राचार्य धर्मराज घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समय आफ्ना कर्मचारीको स्वास्थको मध्यनजर गर्दै देशभरका केही संस्थाले कोरोना बिमा गराएका छन् ।

 
 
  
 

You may also like