बुटवलमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल।बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार उनी नवलपरासी सुस्ता–५ का ५५ वर्षीय पुरुष हुन।

उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो। भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसीयूमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

 
 
  
 

You may also like