अमेरिकामा थप ३४ हजार जनामा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं।अमेरिकामा थप ३४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा ३४ हजार ९४६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ४९ हजार १७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ४५ हजार ९०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍८ हजार ६५ जनामध्ये १४ हजार ५८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार २११ पुगेको छ ।

 
 
  
 

You may also like