समाजसेवी श्रेष्ठद्वारा आमाको वार्षिकीमा अपाङ्गलाई खाद्यान्न सहयोग

by समतल अनलाइन

नारायण वली
रुपन्देही । बुटवलका एक समाजसेवीले आफ्नी आमाको दोस्रो वार्षिकीमा अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरस महामारीको यो संकटको वेला पृतीहरुको नाममा गरिने वार्षिकी कार्यलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनले समस्यामा परेका अपाङ्ग तथा दृष्टि विहिनहरुलाई सहयोग स्वरुप ५ हजार वरावरको खाद्यान्न सहयोग गरेका हुन् ।

बुटवल उप–महानगरपालिका वडा नं.२ पारी बुटवलका मिलेन्द्र श्रेष्ठले आफ्नी आमा स्व.विनुपा श्रेष्ठको स्वर्गारोहण भएको दोस्रो वार्षिकीको अवसरमा बुटवल उप–महानगरपालिका वडा नं.१५ उजेलापुर स्थित अपाङ्गहरुले नै आफै जोहो गरी भाडा वाला घरमा वस्दै आएका करिव १७ जना अपाङ्ग तथा दृष्टिविहिनहरुलाई उक्त राहत प्रदान गरेका हुन् । राहतमा चामल, दाल, सोयोविन, नुन, भुजा र तेल लगायत दिइएको हो ।

श्रेष्ठ भन्छन्,  पृतीको मृत आत्माले शान्ति पाओस भन्ने उद्देश्यले मानविय सहयोगमा आमाको वार्षिकीमा लाग्ने खर्च अपाङ्गहरुलाई दिएको वताए । उनले भने, हरेक वर्ष आमाको वार्षिकीमा कुनै सामाजिक एंव मानविय क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्ने जनाएका छन् ।

विगत लामो समय देखि पारी बुटवलको अस्तित्वलाई वचाई राख्न, धार्मिक, राजनितिक र सामाजिक भूमिकामा क्रियाशिल श्रेष्ठले गत चैत ११ गते देखि कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नका निमित्त सरकारले जारी गरेको लकडाउनको अवधिमा आफ्नो गृह जिल्ला वाट अन्य जिल्लाहरुमा दैनिक ज्याला मजदुरीमा काम गर्न गएकाहरु पूर्वपश्चिम महेन्द्र राजमार्र्गमा पैदल गन्तव्यमा लागेकाहरुलाई खाना खुवाउन उनले युवाहरुको समुह भेला गराई सडक यात्रीहरुलाई खाना खुवाउने जस्ता कार्यहरुमा अग्रसर हुँदै आएका छन् ।

 
 
  
 

You may also like