थप ९७९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४७ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३८ महिला र ६४१ पुरुषसहित ९७९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ३० हजार ६७७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ७ लाख ७७ हजार ५६३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार १९० जना रहेका छन् ।

अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १७१ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल २० रहेका छन् ।

 

 
 
  
 

You may also like