ढोरपाटन बाढी–पहिरो अपडेट : बेपत्ता भएकामध्ये आठको शव फेला

by समतल अनलाइन

बागलुङ ।बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।सुकुर्दुङस्थित भूजी खोलाको बाढी बुधबार राति १२ बजेतिर आएको बाढी बस्तीमा बस्दा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्नेछ ।

‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ’, रेग्मीले भने ।अरिवरल वर्षासँगै आएको भिषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए ।

 
 
  
 

You may also like