अमेरिकामा थप ४१ हजार जनामा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा थप ४१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार ४१ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६२ लाख ९० हजार ७३७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ४७ हजार ३२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍५३ हजार ७४१ जनामध्ये १५ हजार १०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०९० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ९६४ पुगेको छ ।

 
 
  
 

You may also like