चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

by समतल अनलाइन

चितवन।चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा।डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२स्४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र१ जना छन् ।

 
 
  
 

You may also like