कालाजारबाट बुटवलमा एकको मृत्यु

by समतल अनलाइन

बुटवल । लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराइरहेका कालाजारका बिरामीको मृत्यु भएको छ । पश्चिम तराईमा उन्मुलन भइसकेको भनिएको कालाजार चार वर्षपछि भेटिएको हो ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।

कालाजारको यो क्षेत्रमा प्रादेशिक अस्पतालमा बाहेक अन्यत्र उपचार हुँदैन । भुसुनाको टोकाइबाट कालाजार हुने गर्दछ । कुनैबेला यो रोग तराई क्षेत्रमा मात्रै बसोबास गर्नेलाई हुने गर्दथ्यो । तर अहिले उच्च हिमाली क्षेत्र र पहाडमा समेत देखिन थालेको छ।

यो रोग लागेमा सामन्यता लगातार ज्वरो आउने गर्छ भने फीयो र कलेजोमा संक्रमण बढ्न गई पेट फुल्लिने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए । चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।

कालाजार ुलेसमानिया डोनोभानीु नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्छ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्छ । त्यसैले यसलाई सरुवा रोग पनि भनिन्छ ।

कुकुर, सुँगुर, हाँस, बंगुर र जंगली मुसाहरूमा यो रोग बढी पाइन्छ । कालाजार जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्छ ।

 
 
  
 

You may also like