काठमाडौं।तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढि हो । यसअघि बुधबार ७५ हजार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा हेरक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।
पहिलो चरणको लकडाउन खोलेसँगै भारतमा संक्रमण र मृत्युदर उच्च भएको हो । पछिल्लो समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ हजार ६५ जनाको मृत्यु भएको छ । बुधबार १ हजार १६ र मंगलबार १ हजार १७ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमण मृत्युदर सबैभन्दा बढि महाराष्ट्र राज्यमा रहेको छ । जहाँ अहिलेसम्म कोरोनाबाट ७ लाख ३३ हजार ५ सय ६८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ४४ को मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।