अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाई–चढाई भनेकोमा मागे माफी

by समतल अनलाइन

काठमाडौं। अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का शीर्ष डाक्टरले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरेपीको फाइदालाई बढाईचढाई भनेकोमा माफी मागेका छन् ।

एफडीए कमिश्नर स्टीफन ह्यानको एजेन्सीले कोरोनाभाइरसका बिरामीका लागि आपतकालीन स्थितीमा प्लाज्मा थेरापीलाई मञ्जुरी दिएपछि निशानमा आएका थिए ।

राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘हो’ मा हो मिलाउँदै ह्यानले यो उपचार विधि जीवन बचाउने खालको बताएका थिए । यद्यपि, वैज्ञानिकले ह्यानले बताएको आँकडामाथि प्रश्न खडा गर्न सुरु गरेका थिए । यसमा मृत्युदर ३५ प्रतिशतसम्म काम हुनसक्ने बताइएको थियो । यो दाबी मायो क्लिनिकको एक सुरुवाती परिणामको आधारमा गरिएको हो ।

ह्यानले सिबिएस न्यूज एजेन्सीसँगको कुराकानीमा आँकडाले के भन्छ, त्यो बताउनका लागि उनले राम्रोसँग काम गर्नसक्ने बताएका छन् । उनले यो निर्णयमा भनेका छन्, ‘यो उपचारलाई आपतकालीन स्थितीमा दिने निर्णय एफडीएफका वैज्ञानिकले गरेका हुन् जुन विज्ञान र आँकडाको आधारमा हो ।’

ह्यानले राजनीति गरेको भदै आलोचना खेपिसकेका छन् । उनीमाथि ट्रम्प प्रशासनको समर्थन गरेको आरोप पनि छ । ट्रम्प प्रशासनले नोेभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावलाई मद्देनजर गर्दै कोभिड–१९ को उपचारमा तीब्रता ल्याइरहेको छ ।

प्लाज्मा थेरापीको घोषणा हुनु एकदिन अघि राष्ट्रपति ट्रम्पले एफडीएमाथि राजनीतिक कारणले भ्याक्सिनको काममा र उपचारको तरिकामा बाधा हाल्ने आरोप लगाएका थिए । स्रोत : बीबीसी

 
 
  
 

You may also like