अमेरिकामा प्लाज्मा थेरोपीमार्फत संक्रमितको उपचार गर्न अनुमति

by समतल अनलाइन

काठमाडौं। अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्क्रमित बिरामीको उपचारमा लागि प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने बताएका छन् ।प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने उनको दाबी छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।

विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित छन् । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । तर, ८ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ । एजेन्सी

 
 
  
 

You may also like