आजको मौसम : मेघगर्जन र चट्याङसहित बर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। नेपालमा मनसुन केहि मत्थर भए पनि पानी पर्ने क्रम भने रोकिएको छैन । पानी पर्ने क्रम नरोकिएसम्म यसले ल्याउन सक्ने विपदसम्बन्धी जोखिम टरिसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) बिहान देशभर सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश–२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

विभागले दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यत बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना विभागले बताएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like