बुटवलको कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलमा कोरोना अस्पतालमा आइतबार थप २ जना संक्रमितको मृत्यु भएको छ ।साउन ३१ गते कोरोना पोजिटिभ पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बुटवल वडा नम्बर १ की ६७ बर्षिय महिलाको आज मध्यान्ह १ बजे कोरोना बिषेश अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार आजै रुपन्देहीको सम्मरीमाई गाँउ पालिकाका ३८ बर्षि पुरुषको पनि मध्यान्ह १ः१० बजे मृत्यु भएको उल्लेख गरिएको छ । भाद्र १ गते स्वास प्रश्वासमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए ।

दुबैजनाको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।मृतक महिला पहिले देखि नै स्वासप्रश्वासको समस्या तथा मृगौलाको बिरामी रहेको र मतक पुरुष कोरोनाको लक्षण पुष्टि हुने सास फेर्न आरो भए पछि अस्पताल पुगेको अस्पतालले जनाएको छ । लक्षणका आधारमा पीसीआर परीक्षण गर्दा उनीको कोरोना पुष्टि भएको थियो ।रुपन्देहीमा यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

 
 
  
 

You may also like