लुम्बिनीकाे बिकासकाे लागि स्थानियसँग हातेमालाे गर्दै काेष

by समतल अनलाइन

लुम्बिनी । कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भईरहेकोबेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनकोलागि स्थानियबासी, पर्यटन व्यवसायी र लुम्बिनी बिकाष कोष हातेमालो गरेर अगाडी बढ्ने भएका छन् ।

सामाजिक दुरी कायम गर्दै लुम्बिनी बिकाष कोषको सभाहलमा आईतबार आयोजित छलफलमा लुम्बिनी वरीपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त छलफलमा सहभागीहरुले कोरोनाले लुम्बिनीमा पारेको असरबारे चिन्ता व्यक्त गरेका छन् ।

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचर्यले लुम्बिनी विकास कोषले पर्यटन प्रबद्र्धनमा गर्ने हरेक गतिविधिमा स्थानियहरु सक्रियता पुर्वक साथ दिन तयार भएको बताए । उनले भने, ‘ईतिहासंमै पहिलो पटक स्थानिय बासिन्दा कोषको पदाधिकारी र जिम्मेवारीमा हुनुहुन्छ । यस्तो बेला स्थानियसंग घनिष्ठता बढाएर काम गरेमा विकास कोषको योजना दीर्घकालिन हुन्छ । ”

अग्रज पत्रकार हिम बिस्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएकोबेला लुम्बिनीमा त्यसको परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताउदैं कोषको सहकार्य जरुरी रहेको बताए ।

लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणी शर्माले लुम्बिनीको विकासमा स्थानिय होटल व्यवसायीहरु सधैं हातमा हात मिलाएर अगाडी बढ्न तयार भएको बताए ।

छलफलमा लुम्बिनी बिकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानियबासी, पर्यटनव्यवसायीसंग लुम्बिनी बिकाष कोष सधैं सहकार्य गरेर हिड्न तयार भएको बताए ।

उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौं । सबैको सहयोग र सहकार्य मार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ । छलफलमा प्रदेश सांसद फकरुद्धिन खानले स्थानियहरुको सहकार्य मार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले लुम्बिनी वरिपरिको विकाष दीर्घकालिन विकास लक्ष्य सहित अगाडी बढेको बताए ।

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचर्य, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी संघका पिन्टु बानिया, उद्योग व्यपार संगठन लुम्बिनीका अध्यक्ष कृष्ण बहादुर गुरुंग, मायादेवि आमा समुहका मन्जु ढकाल, बौद्ध युवा सूह लुम्बिनीका धिरज गुप्ता, सिद्धार्थ होटल संघका एकरामुद्धिन खान, ट्याक्सी व्यवसायी संघका लुम्बिनी अनिल कुमार, सिद्धार्थ माला पसल व्यवसायी समूहका अरबन्दि बानिया, लुम्बिनी रेष्टुरेन्ट व्यवसायी संघका हरि भन्डारीको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like