तिलोत्तमा रुपन्देहीको भर्चअल एसेम्बली सम्पन्न

by समतल अनलाइन

बुटवल। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३७ औ नियमित बैठक तथा दोस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । कोभिड १९ को संक्रमण बढेपछि सुरक्षा अप्नाउदै शनिबार क्लबको भर्चअल बैठक बसेको हो । कार्यक्रममा क्लबका पाच जना चेयरपर्सनहरुले प्रगति विवरण पेश गरेका थिए । मेम्बरसिप चेयर टिकाराम पाण्डेले शिक्षा, स्वस्थ्य, नागरिक सचेतनाका कार्यक्रमलाई जोड दिएको बताए । उनले रोटरी क्लब अफ गुल्मीमा विस्तार गर्ने, वार्षिक १० प्रतिशत सदस्यता वृद्धि गर्ने, रोटरी ईन्टरनेश्नलको लक्ष्य अनुसार महिला सदस्य बढाउने कामलाई प्राथमिकता दिएको उनले बताए । नया सदस्यहरुलाई रोटरीको बारेमा जानकारी गराउने काम समेत गर्दै आएको उनले बताए ।
क्लबका सर्भिस प्रोजेक्ट चेयर देविराम पाण्डेले यो वर्ष नवौ पटक देवदहमा वृक्षारोपण गरिएको बताए । करीब १ सय ५० बढी विभिन्न जातका बिरुवाहरु रोपिएको साथै अघिल्ला वर्षमा गरिएको वृक्षारोपणलाई समेत संरक्षणको कामलाई जोड दिएको उनले बताए । कोभिड १९ लाई ब्यवस्थापन प्रति पनि क्लबले योगदान गरेको भन्दै उनले विभिन्न कार्यक्रम गरिएको बताए । नेपाल पत्रकार महासंघ, स्वस्थ्य केन्द्र बुटवल ११, लुम्बिनी टिभी, भैरहवाको सिद्धार्थ रंगशालामा समेत हेन्ड सेनिटाईजरहरु वितरण गरिएको उनले बताए । ट्राफिक प्रहरीसंग समन्वय गरेर दुर्घटना न्युनिकरण अन्तरक्रिया कार्यक्रम, मानसिक समस्याको विषयमा समन्वयका बारेमा अन्तरक्रिया गरिएको उनले बताए ।
पुर्व अध्यक्ष तथा सर्जन आर्म नबिन श्रेष्ठले यसवर्ष सात वटा रेगुलर मिटिङ सम्पन्न भएको बताए । वार्षिक ६ वटामध्ये दोस्रो क्लब एसेम्बली सम्पन्न भएको तथा विभिन्न टक शो कार्यक्रम समेत सम्पन्न भएको उनले बताए । मनोचिकित्सक डा मनोज ढुगानाले कोभिड १९ र मानसिक रोगका बारेमा, बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठले मौद्रिक नीतिका बारेमा, बुटवल उद्योग वाणिज्य संघका खिम बहादुर हमालले विजनेश सम्बन्धी, पाच नम्बर प्रदेश ट्राफिक कार्यालयका प्रमुख डम्बर बहादुर बिकले छाडा चौपाया र दुर्घटनाबारे कार्यक्रम गरिएको तथा सुद्धोदन गाउपालिकामा क्लब बिस्तारको क्रममा मोटिभेसन कार्यक्रम गरिएको उनले बताए । ईन्टर सिटी भर्चुवन मिटिङमा सर्वाधिक सदस्यहरु सहभागी भएको उनले बताए ।
यसैगरि एडमिनिटे«सन चेयर निराजन पोखरेल, पब्लिक रिलेसनचेयर हरिचन्द्र गौतम, फाउण्डेसन चेयर शंकर पाण्डेले आफनो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा वर्ष २०२०÷२०२१ जोन २१ का एजी तथा क्लबका एसाईन एजी हरि पौडेलले क्लबबाट धेरै कामहरु भएको बताए । नया सदस्यता वृद्धिसंगै क्लबको बारेमा जानकारी दिने गरि काम गर्न सुझाव दिए यसैगरि अफिसियल रुपमा ई–बुलेटिन, माई रोटरीमा ईन्ट्रिको कामलाई अग्रसरता दिनु सुझाव दिए । विश्व नै कोरोना संकटको अवस्थामा आईपरेको भएपनि आर्थिक सहयोग बिना क्लबको गतिविधि अघि बढाउन नसकिने बताए । यो वर्ष रोटरी ईन्टेरनेश्नलमा २५ डलर सहयोग गर्ने तथा रिजनको टिआरएफ सेमिनार तथा पोलियो प्लसको कार्यक्रमसमेत गर्न सुझाव दिए ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले आफनो कार्यकालमा वार्षिक कार्यक्रमसंग थप नमुना कामलाई जोड दिएर अघि बढ्ने बताए । यसवर्ष क्लबबाट समयअनुकुल अन्तरक्रिया कार्यक्रम गरिएको बताए । यसैगरि यसवर्ष क्लबको त्रैमासिक बुलेटिन निकाल्ने तयारी समेत भएको उनले बताए । क्लबका पुर्वअध्यक्ष तथा वर्ष २०२०÷२०२१ का एजी खिमानन्द भुषाल, पुर्वअध्यक्ष बालकृष्ण अर्यालले क्लबका सदस्यहरुको सक्रियताबाट धेरै काम अघि बढेको बताए ।

 
 
  
 

You may also like