पर्सामा कोरोनाबाट ‘ट्राभल हिस्ट्री’ नै नभएका थप दुईको मृत्यु

by समतल अनलाइन

पर्सा। कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ ।वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारले जानकारी दिएका छन् । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

 

 
 
  
 

You may also like