धरानमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं ।धरानमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ का ६७ वर्षीय पुरुषको आज दिउसो सवा १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी साउन २७ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापको समस्याबाट समेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।यो सँगै प्रतिष्ठानमा १० जनाको कोरोना संक्रमितका कारण मृत्यु भएको छ ।

 
 
  
 

You may also like