डब्लूएचओ भन्छ, ‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’

by समतल अनलाइन

काठमाडौं। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ ।डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन् ।

उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो । तर अत्याधुनिक प्रविधिका कारण यो स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वास गरिएको छ ।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म रहेको थियो । त्यसले श्विका २ करोड मानिसको ज्यान लिएको थियो । स्रोत स् बीबीसी

 
 
  
 

You may also like