रोट्रयाक्ट सैनामैनाको पद हस्तान्तरण : अध्यक्षमा ऋषिराम रिजाल चयन

सैनामैना । आर आई डिष्ट्रिक ३२९२ भुटान अन्र्तगत रोट्रयाक्ट नेपालका विभिन्न जोनहरुका क्लवमा पद हस्तान्तरण कार्यक्रम जुलाई १ देखी सुरु भएका छन् । जुन कार्यक्रम जुन महिना सम्म हुने गर्दछ । यसैगरी जोन ११ र १२ अन्र्तगतका क्लवमा पनि पद हस्तान्तरण कार्यक्रम चलिरहेका छन् । यसैक्रममा जोन १२ मा रहेको रोट्रयाक्ट क्लव अफ सैनामैनामा पनि ४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

पद हस्तान्तरण कार्यक्रम सन् २०१८÷०१९ का अध्यक्ष सुरज थापा मगरले २०१९÷०२० का अध्यक्ष ऋषिराम रिजाललाई पद हस्तान्तरण गर्नुभएको हो । सैनामैना २ बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रममा थापा मगरले रिजाललाई रोट्रयाक्ट अध्यक्ष कलर लगाएर क्लबको चार्टर सर्टि्फिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभयो ।

यसक्रममा आरआई डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत जोन रोट्रयाक्ट नेपालका एसिसटेन्ट डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ उमानाथ अधिकारी उमेशले रिजाललाई र अध्यक्ष रिजालले रोट्रयाक्टका बोर्ड पदाधिकारीलाई सपथ ग्रहण गराउनु भयो ।

पद ग्रहण गर्दै अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्ने योजना बनाएको बताउनुभयो । उहाँले लागु पदार्थ दुव्र्यसनी न्युनिकरण गर्न नगरपालिका सँग समन्वय गरी कार्य गर्ने बताउँदै विगतका कार्यहरुलाई पनि निरन्तरता दिने बताउनुभयो । वर्ष २०१९÷२० लाई सफल बनाउन सबैको सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी २०१८÷०१९ का अध्यक्ष मगरले विभिन्न विद्यामा अवार्ड र प्रशंसा पत्रहरु प्रदान गर्नुका साथै सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले स्थापना भएको छोटो अवधिमै रोट्रयाक्टले समाज प्रति एक किसिमको छाप बनाएको बताउनुभयो । उहाँले हरेक संस्थामा आर्थिक पक्षको महत्व रहने हुँदा आगामी दिनमा आर्थिक क्षेत्रलाई बलियो बनाउन आग्रह गर्नुभयो ।

पद हस्तान्तरण कार्यक्रममा विशिष्ठ अतिथी एडि.आर.आर उमानाथ अधिकारीले क्लवले रोट्रयाक्टमा आफ्नो छुट्टै पहिचान बनाईसकेको बताउनुभयो । यस वर्ष आई परेका केही चुनौतीलाई क्लवले सहजै किसिमले कार्य सम्पादन गरेको खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा रोटरी क्लव अफ सैनामैनाका पुर्व अध्यक्ष मान बहादुर महत,रोटरी क्लव सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्मा सागर, जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारी, रोट्रयाक्ट क्लव अफ सैनामैनाका पुर्व अध्यक्ष रेशम बाबु खनाल लगायतले बोल्दै कार्य योजनाहरु कार्यान्वय गरी समाजमा सकारात्मक प्रभाव हुने किसिमले काम गर्नुपर्ने बताउनुभयो । उहाँहरुले नयाँ समितीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम क्लवका ईलेक्ट प्रेसिडेन्ट शिशिर पोखरेलकोे स्वागत,कार्यक्रम संयोजक केशवराज कंडेलको धन्यवाद ज्ञापन तथा सचिव विष्णु खत्री र बन्दना न्यौपानेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा क्लव डाइरेक्टरी समेत विमोचन गरिएको थियो

प्रतिकृया दिनुहोस

 
 
  
 

You may also like