आफ्नो जन्मदिनको अवसरमा सामाजिक अभियन्ता वि.कले गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण

by समतल अनलाइन

बुटवल।जन्मदिन अर्थात बर्थ डे केक काट्ने र साथिभाइ जम्मा गरेर रमाइलो गरी मनाईने प्रचलन नेपाली समाजमा हावी नै छ। जन्म दिनमा हजारौ खर्च गरेर भोज नै खुवाउने प्रचलन पनि छ। यस्तो संस्कृति बढ्दै गएको समयमा सामाजिक अभियन्ता तथा जुझारु युवा नेतृत्व रतन बि. क. ले आफ्नो २४ औं जन्म दिनको अवसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामाग्री प्रदान गरि जन्म दिन मनाएका छ्न। उनले जन्म दिन मनाउने शैलि परीवर्तन गरेका हुन्।

सामाजिक अभियन्ता तथा जुझारु युवा नेतृत्व रतन बि. क. ले आफुले अध्ययन गरेको बिधालय श्री सरस्वती आधारभुत बिधालय बुद्धभुमी नगरपालिका-३, घनचौरामा पुगि गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

ठुला ठुला होटल र रेष्टुरेन्टमा बसेर जन्मदिनको नाममा गरिने खर्च सामाजिक अभियन्ता बि. कले जस्तै सामाजिक काममा लगाउने हो भने साच्चै समाज र देश परीवर्तन हुन धेरै समय लाग्ने थिएन होला। त्यसैले सबैले आफ्नो कार्यशैलि परीवर्तन गर्नु पर्ने भएको छ।

जन्म दिनमा केक काट्न छाडेर किन यस्तो सामाजिक धार्मिक काममा लाग्नु भयो त भन्ने प्रश्नमा बि. कले भने- परीवर्तनको शुरुवात हामी आफैले गर्नुपर्छ। सामाजिक , धार्मिक कार्यमा खर्च गर्दा समाज नै परीवर्तन हुन्छ, समाज परीवर्तन हुँदा हामी पनि परीवर्तन हुन्छौ।

तब मात्र समाज परीवर्तन हुन्छ , समग्र राष्ट्र परीवर्तन हुन्छ संगसंगै देश समृद्ध हुन्छ। हेर्दा सानो सहयोग देखिए पनि देशका लागि ठुलो गोगदान हुन्छ। त्यसैले म सबैमा जन्म दिन मनाउने हाम्रो शैली परीवर्तन गर्न अपील गर्दछु ” उनले भने ।
जन्मदिनमा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थिहरुको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like