छैटौ मणिमुकुन्द कप : न्यु होराईजनलाई छात्र र नव ज्योतीलाई छात्राको उपाधी

by समतल अनलाइन

बुटवल । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा छैटौ मणिमुकुन्द कप अन्तर विद्यालय जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता २०७६ समापन भएको छ ।

सोमबार भएको छात्रतर्फको फाईनलमा न्यु होराईजन मावि विजयी भएको छ । मणिमुकुन्द भलिबल क्लबको एकेडेमी केन्द्र तिलोत्तमा नगरपालिका वडा नं. २ को खेलमैदानमा सोमबार भएको फाईनलमा देवदह माविलाई ३–२ को सेटमा पराजित गर्दै न्यु होराईजनले उपाधि हात पारेको हो ।

उपाधिसंगै न्यु होराईजनले नगद १२ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता देवदह मावि नगद ७ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । यस्तै गरि एक्सिस स्कुलले न्यु नमुना माविलाई २–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । एक्सिस स्कुल नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यसैगरि छात्रातर्फको उपाधि नवज्योती माविले हात पारेको छ । फाईनल खेलमा सिद्धार्थ माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै नवज्योतीले उपाधि हात पारेको हो । नवज्योती उपाधिसंगै नगद १२ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता सिद्धार्थ नगद ७ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
न्यु लुम्बिनी ई बो स्कुलले शान्ति नमुनालाई २–१ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्दै नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
यसैगरि विद्यागततर्फ छात्रमा सर्वोत्कृष्ट खेलाडी न्यु होराइजनका लोचन आले, बेष्ट स्पाईकर देवदह माविका अन्जन गुरुङ, ब्लकर न्यु होराईजनका सुमन कुवर, सर्वरमा एक्सिसका पारस राना, डिफेन्डर देवदहका बिक्रम जर्घा, सेटरमा देवदहका दिपेश कुवर र उत्कृष्ट प्रशिक्षक न्यु होराईजनका नरेन्द्र सारु घोषित हुदै पुरस्कृत भए ।

यसैगरि छात्रातर्फ सर्वोत्कृष्ट खेलाडी नवज्योतीको आरती चौधरी, बेष्ट स्पाईकर नवज्योतीको निशा चौधरी, सर्वर सिद्धार्थका सुस्मिता चन्द, डिफेन्डर न्यु लुम्बिनीका तुल्सा बारघरे, बेष्ट सेटर सिद्धार्थका सपना गाहा, राइजिङ प्लेयर सिद्धार्थका स्मृति रेश्मी र उत्कृष्ट प्रशिक्षक न्यु लुम्बिनीका प्रताप खवासलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा छात्र र छात्रा गरि रुपन्देही जिल्लाका गरि ४२ टिमले भाग लिएका थिए ।

कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष दधिराम गौतम, कार्यपालिका सदस्य लक्ष्मण नेपाली, मदन भण्डारी स्र्पोटस क्लब प्रदेशका उपाध्यक्ष मीन प्रसाद पोखरेल, क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, क्लबका अध्यक्ष मिलन राना, खेल संयोजक किशन चन्दले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 
 
  
 

You may also like