युवापुस्ता र अभिभावकले हेर्नै पर्ने संदेशमुलक लघुफिल्म “लत एक एडिक” सार्बजनिक [भीडियो सहीत]

by समतल अनलाइन

सुदिप गौतम
बुटवल। पछिल्लो समयका व्यस्त अनि जल्दाबल्दा युवा निर्देशक दिपक परियार ले निर्देशन गरेको लघु चलचित्र “लत एक एडिक्ट ” सार्बजनिक भएको छ । देशका बलिया खम्बाको रुपमा रहेका युवाहरु कलिलै उमेरमै गलतबाटोमा फस्दा परिवार र समाझलाई पर्ने असरका बारेमा फिल्म निर्माण गरिएको हो ।

उक्त लघुफिल्म लाई सबैले मनपराउने आफुले बिस्वास लिएको निर्देशक दिपक परियारले बताए ।लघु चलचित्रमा सपना परियार, लक्ष्मण कालिराज, नबिन परियार, बिष्णु पाण्डे, भुवन खडका बन्दना केसी , सुदिप गौतम, बिनोद सुनार र बिनय उदय लगायतका कलाकारहरु को अभिनय रहेको छ । चलचित्रको कथा सिड गौतम ले लेखेका हुन् भने निर्माता नबिन रहेका छन उक्त लघु चलचित्र माउन्टेन फिल्म्स को आधिकारिक युट्युब च्यानल देखि रिलिज गरिएको हो । यस पछि लगत्तै चलचित्र सागर, फ्रड, धुम्ली सन्त्रास लगातका चलचित्र रिलिजको तयारीमा रहेको निर्देशक दीपक बताउछन ।

हेर्नुहोस उक्त लघु चलचित्र

 
 
  
 

You may also like