भारतमा कोरोनाबाट एकै दिन ८३४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८३४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४६ हजार ९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६० हजार ९६३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । भारतमा कुल संक्रमित २३ लाख २९ हजार ६३९ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १६ लाख ३९ हजार ६०० जना ठिक भएका छन् भने ६ लाख ४३ हजार ९४८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ६० लाख १५ हजार २९७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ३३ हजार ४४९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like