सुन एकै दिन तोलामा ६ हजार २ सयले घट्यो

by समतल अनलाइन

काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा व्यापक गिरावट आएको छ ।बुधबार एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस अघि मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्य पनि ठुलो गिरावट आएको छ ।महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार ४३५ प्रति तोला रहेको थियो ।

 
 
  
 

You may also like