नवलपरासीको सुनवलमा जुवाको खालबाट १३ जना पक्राउ

नवलपरासी, । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार गएराति सुनवल नगरपालिका १२ भतौडीका डोलेन्द्रबहादुर खड्काको कुखुरा फर्ममा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६५ हजार ६ सय ४५ रुपैयां बरामद गरेको उहाले बताउनुभयो । पक्राउ परेकालाई जुवा मुद्दा अन्तरगत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नवलपरासीको गैडाकोटबाट पनि प्रहरीले जुवाको खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ छ।

 
 
  
 

You may also like