बाँकेमा ७० वर्षीया कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।

“नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृत्यु भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले  बताए ।कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।

गत साउन २३ गते बिहान ७:४५ बजे अस्पताल पुगेकी ती महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।ती महिलामा निमोनियाकाका साथै रक्त सञ्चालनको समेत समस्या थियो।

यसअघि बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ। योसँगै बाँकेमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।यसैबीच बाँके जिल्लामा आइतबार ४८ जनामा कोरोना पुष्टि भएको छ।

 
 
  
 

You may also like