बुटवलमा रहेको नेकपा प्रदेश ५ को कार्यालय सिल

बुटवल। बुटवलस्थित नेकपाको प्रदेश–५ कार्यालय शिल गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण भेटिएपछि पार्टी कार्यालय सिल गरिएको हो ।
नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले शनिबार कोरोना संक्रमण पुष्टि भएका पार्टी सदस्य कार्यालयमा आउने÷जाने भएकोले आइतबारदेखि ७२ घन्टाका लागि कार्यालय सिल गरिएको जानकारी दिए ।
संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा आएका थिए । दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन पन्थीले आग्रह गरे ।
संक्रमण पुष्टि भएका व्यक्ति आफन्त बिरामी भएपछि केही दिन चितवन बसेका थिए।
उनलाई चितवनबाटै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । उनीसँग सम्पर्कमा आएकाको खोजी गरी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको पन्थीले बताए ।

 

 
 
  
 

You may also like