अमेरिकामा ४९ लाख ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार ८९६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४९ लाख ७३ हजार ३१६ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २९१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ८१ हजार ९९३ जनामध्ये १८ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like