सप्तरीमा मृत्यु भएका ३ जनामध्ये एकमा मात्रै कोरोना पुष्टि

काठमाडौँ । सप्तरीमा मंगलबार र बुधबार मृत्यु भएका तीन जना पुरूषमध्ये एक जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार कोरोना पुष्टि हुनेमा रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुष छन् ।

उनलाई अचानक उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो । कोरोनाका लक्षणसँग मिल्दो समस्या देखिएपछि गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको यादवले जानकारी दिए ।

छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोरोना नभएको उनले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएका डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय बृद्ध र राजगढ गाउँपालिकाका ८० वर्षीय वृद्धको मंगल राति मृत्यु भएको थियो ।

 
 
  
 

You may also like