स्कलर्समा अभिभाभक भेला

by समतल अनलाइन

बुटवल । स्कलर्स होम बोडिङ स्कुल, मिलनचोकले कक्षा १ देखि ५ सम्म अध्ययानरत विद्यार्थीका अभिभाकहरुलाई लक्षित गरी भेला तथा अभिभावन कार्यक्रम सम्पन्न गरेको छ ।

भेलामा बोल्दै नेपाल अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले समेत बालबालिकालाई संस्कार संस्कृति सिकाउने दायित्व अभिभावकको रहेको बताए । पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको बताउँदै बालबच्चाको खानपान, रहनसहनमा ख्याल राख्न अभिभावकलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता अभिभावक प्रकास परियारले विद्यालयहरुले बालबालिको चौतर्फी विकासमा खेलेको भूमिकाको चर्चा गर्दै यसलाई थप परिस्कृत बनाउनु पर्नेमा जोड दिए ।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थीहरुलाई फरक ढंगले पठन पाठन गराउन सफल भएको भन्दै औपचारिक शिक्षामा मात्र नभई विद्यार्थीको क्षमता र चाहाना अनुरुप कक्षाहरु संचालन भैरहेको बताए । उनले विद्यर्थीहरुको मनिटरिङका लागि मुवाइल एम समेत प्रयोगमा ल्याइएको बताए ।

विद्यालयका संयोजक बासुदेव शर्माको संचालनमा भएको भेलामा अभिभावकबाट आएका जिज्ञासको तहगत शिक्षक तथा इन्चार्ज शिक्षकहरुले जवाफ दिएका थिए ।

 
 
  
 

You may also like