प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

सैनामैना ।नेपाल कम्युनिष्ट पार्टी सैनामैना ७ शाखा कमिटीको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडामा रहेका कार्यकर्तालाई पार्टी गतिविधी एवम् विकाश निमार्णका कार्य लगायतका विषयमा प्रशिक्षण गराईएको हो ।

जनताको आम भावना अनुसार कामहरु गरिनुपर्ने र त्यसका लागि पार्टी कार्यकर्ताको समेत सल्लाह सुझावको आवश्यक रहेको नेकपा जिल्ला सचिवालय सदस्य तथा सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । उहाँले स्थानिय तहमा भुगोलबाट माग भएको योजनाअनुसार नै कार्यक्रमहरु ल्याईएको बताउँदै कहि कतै अति आवश्यक योजनाहरु भएको खण्डमा र जनताको भावनालाई समेट्न नसकेको भए पार्टी कमिटी मार्फत स्थानिय तहमा माग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा सैनामैनाका ईन्चार्ज खुसीराम चौधरीले पार्टी संगठनलाई बलियो बनाउँदै कार्यकर्ता विकाश निर्माणमा जुटुनुपर्ने बताउनुभयो । वर्तमान अवस्थामा सामाजिक संजालमा अनावश्यक टिका टिप्पणी आउने गरेकाले हल्लाको पछाडी नलागी तथ्यमा आधारित रहेर कार्यकर्ताले सरकारलाई सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।

आम जनसमुदायको चाहाना अनुसार सरकारले विकाश निर्माणका कार्य अगाडि बढाएको नेकपा सैनामैनाका नगर अध्यक्ष चेतनारायण न्यौपानेले बताउनुभयो । पार्टीको विधी र विद्यान अनुसार पार्टी अगाडि बढ्नुपर्ने नेकपा नगर सचिव कृष्ण घिमीरले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सैनामैना शाखा कमिटी ७ का अध्यक्ष शोभाखर बेल्बासे, सैनामैना ७ का वडाध्यक्ष डिलाराम बेल्बासे, शिक्षक संगठनका काशीराम पोखरेल,रोमनाथ न्यौपाने, नेकपा वडा नं ७ का ईन्चार्ज ठाकुर पाण्डे लगायतले जनप्रतिनिधीले गनुपर्ने विकाश निर्माण तथा पार्टी संगठनको काम कर्तब्यको विषयमा आ आफ्ना धारण राख्नुभएको थियो ।

 
 
  
 

You may also like