रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकसको पाचौ पद हस्तान्तरण सम्पन्न , अध्यक्षमा : ढकाल

बुटवल। रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकसको पाचौ पदहस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०१९÷२० का अध्यक्ष दिपक चापागाईले वर्षभरि गरिएका कामको समिक्षा गर्दै २०२०÷२१ का अध्यक्ष रमेश ढकाललाई पद हस्तान्तरण गर्नु भएको थियो ।

पद हस्तान्तरण गर्दै चापागाईले एकबर्ष भित्र गरिने सम्पूर्ण कार्ययोजना पुरा गरेको बताउनु भयो । पदभार ग्रहण गर्दै वर्ष २०२०÷२१ का अध्यक्ष रमेश ढकालले पनि रोट्¥याक्टको मुलमन्त्रमा रहि क्लबले अगाडी सारेका कार्यहरुलाइ निरन्तरता दिदै जाने बताउनु भयो । कोभिड १९ को कारणले केहि असजता भएतापनि यो वर्ष केहि थप र पृथक खालका कार्यक्रमहरु गर्ने ढकालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ५ नं. प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोट्¥याक्ट क्लबहरुले गरिव, दुखी, अनाथ, असहाय, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतको क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहांले आगामी दिनमा पनि छरिएर रहेका युवाहरुलाई एकत्रित गरी क्लबको माध्यमबाट सामाजिक कार्यमा लगाउन आग्रह गर्नुभयो ।
रोटरी डिष्ट्रिका पोलियो कम्युनिटी चेयर राजेन्द्र ढकालले क्लबले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको बताउनुभयो ।

क्लबका संस्थापक अध्यक्ष सरोज पोखरेलले क्लबहरुलाई राजनिति रङभन्दा टाढा राख्नुपर्ने बताउनुभयो ।कार्यक्रममा राेटरि क्लव बुटबल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवाली रोट्¥याक्ट डिष्ट्रिक अफिसियल लक्ष्मण खरेल, पूर्व अध्यक्ष साजन भण्डारी जोन १२ का जेट आरआर धनन्जय बर्णवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम दिपक चापागाई र रमेश ढकालको संयुक्त अध्यक्षता, बिजय कार्कीको स्वागत, विष्णु घिमिरेको धन्यवाद तथा योगेन्द्र रायमाझिको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like