भारतमा तीन दिनभित्रमै थपिए एक लाख ६७ हजार कोरोना संक्रमित

काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले विकराल रूप लिदै गएको छ । भारतमा पछिल्ला तीन दिनभित्र मात्रै एक लाख ६७ हजार ५३५ जना संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार १६ साउनमा भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका थिए । त्यसको अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ८६५ जना संक्रमित थपिएका छन्। र, पछिल्लो २४ घण्टाकै अवधिमा भारतमा कोभिड–१९ का कारण ८५२ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ७६५ जनाको मृत्यु भएको थियो।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमिमत हुनेको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ। यसमध्ये ११ लाख ४६ हजार ८७९ जना कोरोनामुक्त भएका छन्। पाँच लाख ६७ हजार ६३७ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३७ हजार ४०३ जनाको मृत्यु भएको छ।

 

 
 
  
 

You may also like