पश्चिम् नवलपरासी प्रहरी प्रमुख केसिले फेरि गरे अर्को कमाल: प्रहरीद्वारा ३ लाख २२ हजारको मटर,अौषधी र खसी बरामद

नवलपरासी । पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट ३ लाख २२ हजार मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान सरावल गाउँपालिका वडा नं. ७ बलन्दपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ५० हजार मुल्य बराबरको ११ बोरा (५ क्युन्टल ) मटर (केराउ) प्रहरी चौकी महेशपुर र भुजहवा प्रहरी चौकी नियन्त्रणमा लिएको हो ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा भारतबाट नेपाल तर्फ अबैध रूपमा लग्दै गरेको १ लाख ८२ हजार ४ सय ४२ मुल्य बराबरको विभिन्न ५८ किसिमको अबैध अौषधी प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रतापपुर गाउँपालिका वडा न.२ सेमरीमा भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको ९० हजार मूल्य बराबरको ९ वटा खसी इलाका प्रहरी सेमरीले नियन्त्रणमा लिएको छ ।

उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए ।

उक्त केराउ , अौषधी र खसी आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

 
 
  
 

You may also like