रूसमा एकै दिन ५ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ४६२ जना संक्रमित भएका छन् ।आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ५८ पुगेको छ । संक्रमित संख्या ८ लाख ४५ हजार ४४३ पुगेको छ ।

१ लाख ८४ हजार ८६१ जनाको उपचार भइरहेको छ भने ६ लाख ४६ हजार ५२४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 
 
  
 

You may also like