अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६४ हजार संक्रमित

काठमाडौं ।अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३०५ पुगेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८९८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ६२ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ४३ हजार ५८७ जनामध्ये १८ हजार ७२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like