सहकारी मुल धारमा संचालन हुनु पर्छ ःमेयर कार्की

by समतल अनलाइन

टिका खरेल
सैनामैना । सहकारीहरु आफ्नो मुल उद्धेश्य र मर्मअनुसार संचालन हुन नसकेको सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ । सैनामैना ८ रामापुरमा रहेको आर्दश बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्कीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘सहकारीहरुको साधारण सभा सम्पन्न हुन्छन्,मन्च भब्य रुपमा सजाईन्छ,अतिथी पनि आमन्त्रित गरिन्छ । सदस्यहरु पनि आउनुहुन्छ र कार्यक्रम सम्पन्न गरिन्छ तर सहकारीको मुल मर्म उत्पादन मुलक क्षेत्रमा लगानी गरी आयआर्जनमा जोडिने काम कहि कतै भएको पाईदैन ।
अब स–साना सहकारी एक आपसमा गाभिएर पुंजी संकलन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुको जिवन स्तरमा परिवर्तन हुने गरी काम गनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले लागु गर्न लाएको स्वास्थ्य बिमालाई अब छिट्टै नगरपालिकामा पनि लागु गर्ने बताउदै वडा स्तरबाटै स्वास्थ्य बिमा अभिकर्ताहरु छनोट गरी पठाउन लागिएको समेत बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना,साना किसान सहकारी संस्था बासँगढीका अध्यक्ष नर बहादुर घर्ती मगर, शेयर सदस्य विष्णु पाण्डे र गौमाता न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उत्कृष्ट ऋणी शालिकराम न्यौपाने र एसर्ईईमा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।

संस्था उपाध्यक्ष खिमराज पाण्डेको स्वागत तथा रामप्रसाद बस्यालको संचालनमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

 
 
  
 

You may also like