प्रगति टोल आमा समुुहको भवन उद्धघाटन

by समतल अनलाइन

टिका खरेल
सैनामैना । सैनामैना वडा नं ४ मा रहेको प्रगति टोल आमा समुहको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सावित्रा कुंवरको अध्यक्षतामा ११ सदस्यीय समिती चयन गरिएको छ ।

जसको उपाध्यक्षमा रिता घिमीरे,सचिवमा अनिता गजमेर,कोषाध्यक्षमा डिलमाया राना रहनुभएको छ । यस्तै भिमा वि.क,कमला रिजाल र राधिका पन्थ,बसन्ता नेपाली,राधा रायमाझी र प्रेम कुमारी चौधरी रहनुभएको छ । यसैगरी अधिवेशनले माया चापागाईको संयोजकत्मा मिना सुनार र पुष्पा सिंजाली सदस्य रहेको समिती गठन गरेको छ ।

यसैबिच शनिवार नै एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले समुहकोे नवनिर्मित भवन उद्धघाटन गर्नुभएको छ ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले समृद्ध सैनामैनाका लागि आमा समुहहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । आफ्नो टोल आफै सफा राख्नुपर्ने बताउँदै नगरको योजनामा सहकार्य गर्दै विकाश निर्माणमा जुटुनुपर्ने कार्कीले बताउनुभयो । स सानो रकम बचत गरेर भवन निर्माण गरेर सकारात्मक सन्देश दिएको समेत उल्लेख गर्नुभयो ।

विशिष्ठ अतिथी नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले प्रगतिटोल आमा समुहले स्थापनाकाल देखी नै सामाजिक कार्य गर्दै आएको उल्ल्ेख गर्दै यसलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो । टोल विकाश मार्फत वडाका योजनाहरु अगाडि बढाउँदै आएकोमा वडाको विकाशमा यस समुहले टेवा पुर्याएको वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।

समुहकी अध्यक्ष जयकला पुनले वार्षिक प्रतिवदेन प्रस्तुत गर्नुभएको कार्यक्रममा समुहलाई आर्थिक सहयोग पुर्याउने सहयोगी दातालाई प्रंशसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like