वीरगञ्जमा थप एक जना कोरोना संक्रमित मृत्यु

काठमाडौं। पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।

“हिजो बिहान १० बजेर १२ मिनेट जाँदा बयोधा अस्पतालमा उपचारको क्रममा वीरगंजकी एक महिलाको मृत्यु भएको हो,” डा सिंहले खबरहबसँग भने, “उहाँको मृत्युपछि कोरोना पुष्टि भयो । हिजो राति नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।”बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
उनी सुगर, निमोनियाबाट पीडित रहेको अस्पतालले जानकारी दिएको छ ।अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

 
 
  
 

You may also like