सिद्धार्थ राजमार्गको दोभानमा सडक भासियो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा सडक भासिएपछी ठुला गाडीहरु ठप्प भएका छन् । बुटवल – तानसेन सडक खण्डको दोभान नजिकै सडक भासिएको हो। शनिवार मध्यान्ह सडक भास्सिएर ठुला गाडी चल्न नसकिएपछि ठुला मालबहाक गाडी र यात्रुबाहक बसलाई रोक लगाइृएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

उनले सडक भासिने क्रम नरोकिएकाले जोखिम रहँदा सम्म ठूला गाडीलाई रोक लगाईएको बताए ।माथिल्लो सिद्धबाबा र डुम्रे पुल नजिकैको पहिरोले लगातार बन्द हुने र केहि समय खुल्ने गरेको सडक भासिएपछि दैनिक पाल्पा, गुल्मी लगायतका जिल्लाबाट आउने हरियो तरकारी तथा फलफूल उत्पादक किसानहरु समस्यामा पर्ने भएका छन् ।

 
 
  
 

You may also like