नक्कली रक्सी पिउँदा भारतको पञ्जाबमा ३८ जनाको मृत्यु

तस्वीर : बीबीसी हिन्दी

काठमाडौँ । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ ।पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ । रक्सी दोकान बन्द भएपछि तलतल मेटाउन स्यानिटाइजर नै खाएका १० जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like