धारिलो हतियार प्रयोग गरि अज्ञात समूहद्वारा श्रीमतीको हत्या , श्रीमान घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार अज्ञात समूहले खातीको हत्या गरेको छ भने उनका श्रीमानलाई गम्भीर घाइते बनाएको छ ।घाइते ६२ वर्षीय घनश्यामको धनगढीमा उपचार भइरहेको छ । मध्याराति भएको उक्त घटनाको अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like